काठमाडौ – सरकार निर्माणका लागि माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको चार बुँदे सहमतिको नेपाली काँग्रेसले बिरोध गरेको छ । मंगलबार बसेको पदाधिकारी बैठकले उक्त सहमतिले शान्ति प्रकृयालाई टुङ्गोमा नपुर्याउने निष्कर्ष निकालेको हो ।
उसले सहमति माओवादी र मोर्चाको सत्ता केन्द्रित स्वार्थबाट तयार भएको आरोप लगाएको छ । ‘चार बुँदे सहमति विशुद्ध सत्ता निर्माण गर्न भएको गठबन्धन मात्रै हो, यसले शान्ति प्रकृया र संविधान निर्माणमा ठोस काम अघि बढाउन सक्दैन भन्ने हाम्रो निष्कर्ष छ



