नेपालका माओवादीले आतङ्कवादीको कालो सूचीबाट हट्न अझै धेरै गर्न बाँकी: अमेरिका

वासिङटन – नेपालका माओवादीले आतङ्कवादीको कालो सूचीबाट हट्न अझै धेरै गर्न बाँकी रहेको अमेरिकाले बताएको छ। यद्यपि नयाँ प्रधानमन्त्रीसँग मिलेर काम गर्ने आशा उसले जनाएको छ।

 

वासिङटनमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयकी प्रवक्ताले भिक्टोरिया नुलान्दले भनिन्, ‘माओवादी आतङ्कवादी समूहहरुको सूचीमा कायम रहनेछ।’ यस्तो सूचीमा रहेका समूहका सदस्यलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध छ।

प्रवक्ताले भनिन्- ‘पार्टीले केही सकारात्मक कदम चालेको छ। तर सूचीबाट हट्नका लागि अझै हाम्रो चासोका केही मुख्य विषय सम्बोधन हुन बाँकी छ।’


सूचीका कारण अमेरिकासितको सम्बन्ध कठिन हुने प्रश्नलाई उनले इन्कार गरिन्। विश्वमा अरु देशमा पनि आतङ्कवादी सूचीमा रहेका पार्टी सरकारमा रहेको र उनीहरुसँगको कूटनीतिक सम्बन्ध ठीकै रहेको उनले प्रष्ट्याइन्।

 

– एएफपी