काठमाडौं – एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी लडाकुहरुका शिविर तथा कन्टेनर बिहीबारदेखि विशेष समिति मातहत ल्याइने भएको छ ।
सेना समायोजन विशेष समितिको बुधबार बसेको बैठकले लडाकुहरुका शिविर तथा कन्टेनरका साँचो बिहीबार अनुगमनकर्तामार्फत विशेष समितिलाई बुझाउने निर्णय गरेको हो ।
‘क्यान्टोनमेन्ट र कन्टेनरका सवै हतियारको साँचो विशेष समितिलाई बुझाएर व्यवहारिकरुपमै काम अगाडि बढाउने निर्णय भयो,’ विशेष समिति सदस्य एवं माओवादी नेता वर्षमान पुनले भने ।
बाबुराम भट्टराई प्रधानमन्त्री निर्वाचित भएपछि विशेष समितिको बैठक बसेको हो । बुधबार प्रधानमन्त्री भट्टराईको आहृवानमा बसेको प्रमुख तीन दलको बैठकमा माओवादीले लडाकुका हतियार रहेको कन्टेनरको साँचो सरकारलाई बुझाउन सहमति जनाएको थियो ।



