काठमाडौं – थुनछेक बहसमा आएका सुडान घोटालाका सबै अभियुक्त बिहीबार विशेष अदालतमा हाजिर भएका छन् । उनीहरू सबै आएपछि अदालतले आउँदो २८ गते मुद्दा पेसीमा तोकेको छ ।
‘अब उनीहरूले पेस गरेको साक्षी प्रमाण झिकाउने आदेश हुन्छ,’ विशेषका रजिस्ट्रार धीरबहादुर चन्दले भने, ‘त्यसपछि अन्तिम फैसलाका लागि प्रक्रिया अगाडि बढ्छ ।’ बेलायतस्थित ठेकेदार माइकल राडारबाहेक घोटालामा संलग्न भएको अभियोग लागेका ३४ प्रहरी अधिकृत र बिचौलिया शम्भु भारतीले बिहीबार तारेख बुझेका थिए । राडारको भने अदालतमा हाजिर हुने समय गुजि्रसकेको छ ।



