दलित केटाले गैर दलित केटी विवाह गरेको अभियोगमा दलित युवकका बाबुको हत्या

दलित केटाले गैर दलित केटी विवाह गरेको अभियोगमा दैलखको तोली गाविस-२ धनीगाउँका सेते नेपालीको हत्या गरेका छन् ।


दलित केटाले गैर दलित केटी विवाह गरेको अभियोगमा दैलखको तोली गाविस-२ धनीगाउँका सेते नेपालीको हत्या गरेका छन् ।


सेते  स्थानीय २० वर्षीया राजकुमारी शाही विवाह गर्ने २२ वर्षीय सन्त दमाइका बाबु हुन् । सेतेको केटी पक्षकाले हत्या गरेको स्रोतको दावी छ।


गत १३ भदौको राति केटी पक्षको आक्रमणबाट गम्भीर घाइते भएका सेतेको सुर्खेतस्थित क्षेत्रीय अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । दमाई र शाहीले गत २८ साउनमा प्रेम विवाह गरेका थिए ।


अन्तरजातीय विवाह गरेका उक्र जोडी भने ज्यान बचाइदिन माग गर्दै दैलेखका अधिकारकर्मीहरुसँग हारगुहार गरिरहेका छन् । दलित अधिकारकर्मीहरुले हत्यामा संलग्नहरुविरुद्ध किटानी जाहेरी गर्ने तयारी भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख उपरीक्षक दीपक बस्नेतले हत्यामा संलग्नमध्ये तुलबहादुर चन्द, गण्ेाश सिंह, कष्ण खत्रीलगायत ९ जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको जनाएको छ ।