काठमाडौको आरआर क्याम्पसमा अखिल क्रान्तिकारी र अखिलविच भर्नाको विषयमा विवाद वढ्दै जाँदा झडप

काठमाडौको आरआर क्याम्पसमा अखिल क्रान्तिकारी र अखिलविच झडप भएको छ । विद्यार्थी भर्नाको विषयमा दुई पक्षविच विवाद वढ्दै जाँदा झडप भएको हो ।

 

झडपमा दुवै पक्षका गरि चारजना विद्यार्थी घाइते भएका छन् । अखिल क्रान्तिकारीका विद्यार्थीले क्याम्पस प्रमुख गोपालचन्द्र पोखरेलको राजीनामाको माग गर्दै केहि दिनदेखि विरोध कार्यक्रम गर्दै आएका छन् ।

 

उनीहरुले अखिलले फर्जी भर्ना गराएको र त्यसमा क्याम्पस प्रमुख पोखरेलले सहयोग गरेको आरोप लगाएका छन् । राजीनामा माग्दै विरोधमा उत्रेका विद्यार्थीले स्वतन्त्र विद्यार्थी युनियनमा समेत तोडफोड गरेपछि दुई पक्षविच झडप भएको हो ।