काठमाडौँ – नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाउँदैमा समस्या समाधान नहुने बताएका छन्। नेता देउवाले शान्ति प्रक्रियाका मुख्य काम पूरा नगरी साँचो बुझाउनुको औचित्य नभएको धारणा पनि व्यक्त गरे।
लामो समयदेखि शिविरमा रहेका लडाकुको समायोजन तथा पुनःस्थापना र हतियारको व्यवस्थापन गर्न नसकिएमा मुलुकमा अझ समस्या सिर्जना हुँदै जाने चर्चा गर्दै नेता देउवाले जतिसक्दो चाँडो पहिलो प्राथमिकता दिएर शान्ति प्रक्रिया टुङ्याउनुपर्नेमा जोड दिए।
उनले शान्ति प्रक्रिया र संविधान लेखनमा वर्तमान सरकारलाई नेपाली कङ्ग्रेसले सहयोग गर्ने पनि बताएका छन्। लगनटोलस्थित लग खलः नामक सामुदायिक भवनको आज उद्घाटन गर्दै उनले शान्ति प्रक्रिया र संविधान लेखनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन।
नेपाली जनताले शान्ति र संविधान चाहेका छन्, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन र संविधान लेखनका काममा नेपाली कङ्ग्रेसले प्रतिपक्षमा रहेर सहयोग गर्छ, उनले भने।
उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन शिविरमा रहेका लडाकु कति सुरक्षा क्षेत्रमा समायोजन हुने, कति पुनःस्थापना गर्ने र कतिलाई स्वेच्छिक अवकाश दिने भन्ने कुरा पहिले स्पष्ट हुनुपर्ने बताए।
नेता देउवाले सुरक्षा निकायमा माओवादी लडाकु कति समायोजन गर्ने भन्ने विषयमा दलहरुको फरक