अहिलेको घटनामा आत्मालोचना वा कारवाही नभए माओवादीभित्र अराजकता बढ्ने र यसले पार्टीलाई नै समाप्त बनाउने उनको ठहर थियो।
माओवादीभित्रको अहिलेको बहस शान्ति र संविधानलाई निष्कर्समा पुर्याउने वा नपुर्याने भन्ने पक्षबीच रहेको भन्दै उपाध्यक्ष वैद्य समूहले सेना समायोजन र संविधाननिर्माणमा अवरोध गरिरहेको आरोप लगाए।
‘दुई थरी विज्ञप्ति, चक्का जाम र मसाल जुलुसले उहाँहरु अहिलेको प्रक्रियाको विरोधीको रुपमा हुनु हुन्छ भन्ने पुष्टि गरेको छ’, उनले भने- ‘जनता शान्तिको पक्षमा छन भन्ने पनि प्रष्ट भएको छ।’
माओवादी अहिलेको प्रक्रियाबाट क्रान्तिकारी परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा अध्यक्ष प्रचण्ड पक्षधर रहेको तर बैद्य भने अहिलेको प्रक्रियाबाट परिवर्तन हुँदैन भन्ने पक्षमा रहेकोले यस विषयमा संस्लेषण नहुँदा सम्म पार्टीमा यस्ता विवादहरु आइरहने दावी गरे।



