काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षधर सरकारमा नजाने भएपछि अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री नियुक्त हुने भएका छन्। यसअघि यो पदमा वैद्य पक्षका सीपी गजुरेल जाने निश्चित भएको थियो।
माओवादीले अन्य मन्त्रीमा अर्थ मन्त्रीमा वर्षमान पुन, ऊर्जामा पोष्टबहादुर बोगटी, युवा तथा खेलकुद कमला रोक्का, स्थानीय विकास टोपबहादुर रायमाझी र भूमि सुधारमा प्रभु साह चयन गरेको छ।
माओवादी मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो। मन्त्रीहरुलाई आजै साँझ शपथ खुवाइने जानकारी दिइएको छ।