काठमाडौं – सुडान घोटाला मुद्दामा प्रतिवादी बनाइएका पूर्वप्रहरी महानिरीक्षकद्वय हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीसँग विशेष अदालतले लिएको धरौटी चित्त नबुझेकाले बदर गर्न पाउँ भनी बेग्लाबेग्लै दिएको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।
उक्त आदेश न्यायाधीश प्रकाश वस्तीको एकल इजलासबाट भएको हो ।
विशेषले गुरुङसँग ५ करोड र ठकुरीसँग ७ करोड रुपैयाँ धरौटी लिएको थियो ।