तरुण दलद्धारा गोली काण्ड विरुद्धको किटानी जाहेरी तत्काल फिर्ता नलिए सडक आन्दोलन गर्ने चेतावनी

नेपाली काँग्रेस भ्रातृ संगठन नेपाल तरुण दलले चितवनको कविलासमा यही भदौ १० गते भएको गोली काण्डमा आफ्ना जिल्ला अध्यक्ष शिवप्रसाद पौडेल र नगर उपाध्यक्ष प्रमेश राई फसाउन खोजिएको दाबी गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी तरुण दलले पौडेल र राई विरुद्धको किटानी जाहेरी तत्काल फिर्ता नलिए सडक आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।

 

चितवनको कविलासमा भएको उक्त गोली काण्डमा भरतपुरका संजय लामाको मृत्यु भएको थियो । तरुण दलका उपाध्यक्ष उदयसम्शेर राणाको संयोजकत्वमा गठित अध्ययन समितिले घटनामा तरुण दलका कार्यकर्ताको संलग्नता नदेखिएको प्रतिवेदन तयार पारेको छ ।

 

दुर्इ समूहबीच रकम बाँडफाँडमा झगडा हुँदा लामाको मृत्यु भएको पनि उक्त अध्ययन टोलीको ठहर रहेको छ ।