कांग्रेस सुशील कोइरालाद्धारा एकीकृत माओवादी विभाजनको संघारमा पुगेको दाबी

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादी विभाजनको संघारमा पुगेको दाबी गरेका छन ।

 

नेपाल निजामति कर्मचारी युनियनले सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगमा गरेको कार्यक्रममा उनले क्रान्तिकारी कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय संगठन रीम र दक्षिण एशियाली माओवादी कम्युनिष्टहरुको संगठन कम्पोसाका कारण माओवादीमा विवाद बढिरहेको ठोकुवा गरे ।

 

माओवादी शान्ति प्रक्रियामा आएदेखि नै रिम र कम्पोसाले माओवादी साम्राज्यवादीको दलाल बनेको र क्रान्तिलाई बिर्सेको आरोप लगाउँदै आएको भन्दै कोइरालाले यी दुई संगठनको प्रोत्साहनबाटै माओवादीमा विभाजन हुन लागेको खुलासा गरे ।