पूर्वी रुकुममा खोलामा आएको पहिरोमा पुरिएर ४ बालकसहित ६ जना बेपत्ता

– कमल थापा

 

रुकुम – पूर्वी रुकुममा सोमबार राति आएको पहिरोमा पुरिएर ४ बालकसहित ६ जना बेपत्ता भएका छन्। रुकुमको हुकाम गाविस ७ स्थित काचरजंग खोलामा आएको पहिरोमा पुरिएर ६ जना पुरिएका हुन्।

पहिरोमा पुरिएर बेपत्ता हुनेहरुमा हुकाम ७ कि ५२ वर्षीया जकमारी बुडा, १९ वर्षीया सुनीता घर्ती, सुनिताको १ वर्षको छोरा हिमाङसु घर्ती, १० वर्षीया चहाना बुढा, ९ वर्षीया सरीता बुढा र ८ वर्षकी पुजीनी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।

हुकाम गाविसको काचरजंग खोलामा रहेको पानी घट्टमा मकै पिँध्न गएको बेला माथिबाट पहिरोले घट्टसँगै बगाएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय रन्मामेकोटबाट राती नै प्रहरी टोली घटना पुगिसकेको प्रहरी निरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। इलाका प्रहरी कार्यालय रन्मामैकोटबाट घटनास्थल करिब ६ घन्टाको पैदल दुरीमा पर्छ भने जिल्ला सदरमुकाम खलंगाबाट ३ दिन लाग्छ।