युरोपियन युनियनका प्रतिनिधिहरुद्धारा कांग्रेस सुशील कोइरालालाई भेटी नेपालको पछिल्लो राजनीतिक अवस्थावारे चासो व्यक्त

युरोपियन युनियनका नेपालस्थित प्रतिनिधिहरुले आज कांग्रेस सभापति सुशील कोइरालालाई भेटी नेपालको पछिल्लो राजनीतिक अवस्थावारे चासो व्यक्त गरेका छन् ।

 

राजदुतहरुले माओवादी नेतृत्वको सरकारप्रति कांग्रेसको धारणावारे चासो राखे । सभापति कोइरालाले माओवादीले शान्ति प्रक्रिया र संविधान निर्माणबारे अग्रसरता लिए आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने स्पष्ट पारे । राजदुतहरुले नेपालमा मानवअधिकारको स्थिति सुदृढ पार्न दलहरुले प्रयास गर्नुपर्नेमा जोड दिए ।