विद्यार्थी हत्याको विरोध गर्दै अनेरास्ववियुले आज बाँके, बर्दिया, दाङ र सुर्खेत जिल्ला बन्द गरेको छ ।
बन्दका कारण यि जिल्लाहरुमा सवारी साधन संचालनमा आउन सकेका छैनन् भने शैक्षिक संस्था र बजार समेत प्रभावित बनेको छ ।
अनेरास्ववियुको बन्दलाई बाँकेका यातायात व्यवसायी र उद्योग बाणिज्य संघले पनि साथ दिएका छन् । भदौ १२ गते बाँके जिल्लाको कारकाँदोमा अज्ञात समुहले धारिलो हतियार प्रहार गरी अखिल सम्बद्ध मध्यपश्चिम बहुमुखी क्याम्पसमा अध्ययनरत बिष्णु बिक्रम शाहीको हत्या गरेको थियो ।
विद्यार्थी हत्या भएको एक हप्ता वितिसक्दा पनि हत्यारालाई पक्राउ गर्न प्रशासन असफल भएको भन्दै अनेरास्ववियुले बन्दको आह्वान गरेको हो । सोही घटनामा गम्भिर घाईते अखिलका जिल्ला सचिव निकेश लामिछाने र बिक्रम गुरुङ्गको हाल काठमाडौंमा उपचार भैरहेको छ ।