काठमाडौ – नेपाली कांग्रेस केन्दीय समितिमा पेश भएको शान्तिप्रक्रिया र संविधान लेखनसम्बन्धी छुट्टाछुट्टै प्रस्तावको अन्तिम टुङ्गो लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको बैठकले दुबै प्रस्तावमाथि छलफल गरी निष्कर्षमा पुगे पनि पार्टी सभापतिको व्यस्तता र सदस्यहरुको थप सुझाव समेटेर भोली पुनः बैठक बसी निर्णय सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।
बैठकका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै काँग्रेस महामन्त्री प्रकाशमान सिंहले शान्ति प्रक्रिया र संविधान सुझावसम्बन्धी प्रस्तावमा छलफल भई उक्त प्रस्तावमा सहमति भएकोले केही परिमार्जनसहित निर्णय सार्वजनिक गरिने बताए ।
बैठकमा बोल्ने सदस्यहरुले अन्तरिम संविधान संशोधन गरी विधि पुर्याएर विज्ञ टोली गठन गर्नुपर्ने धारणा राखेको उनले बताए । बैठकमा दुबै प्रस्तावमाथि २५ जना केन्द्रीय सदस्यले आ