बिद्यार्थी हत्याको बिरोधमा गरेको प्यूठान बन्दले जनजीवन प्रभावित

प्यूठान –  बाँकेका बिद्यार्थी बिष्णु विक्रम शाहीको हत्याको बिरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन प्यूठानले बुधबार गरेको प्यूठान बन्दले जनजीवन प्रभावित भएको छ ।

एक साता अघि बाँकेमा शाहीको हत्या भएपनि हत्यारा पक्रन नसकेको भनदै हत्या बिरोधको आन्दोलनमा  बिद्यार्थी उत्रेका छन् । नेताहरुलाई मंगलबार नेपालगन्जमा प्रहरीले पक्राउ गरेको बिरोधमा मध्यपश्चिम र सुुदुरपश्चिम बन्द गरिएको अनेरास्ववियुका अध्यक्ष आकाश भण्डारीले बताए ।

 बन्दका कारण जिल्लाका लामा तथा छोटो दुरीका सवारी साधन बिहानैदेखि चलेनन् । बिजुवार बाग्दुल र खलंगालगायतका बजार बन्दछन् । यसैगरी  शैक्षिक संस्थान, कलकारखाना समेत बन्द रहेका छन् ।