सर्वोच्चद्धारा आयल निगम तथा वायु सेवा निगमका पूर्वमहाप्रबन्धक चतुर्वेदीलाई भ्रष्टाचार मुद्दामा डेढ करोड जरिवाना र डेढ वर्ष कैद फैसला

काठमाडौं,  – सर्वोच्च अदालतले नेपाल आयल निगम तथा वायु सेवा निगमका पूर्वमहाप्रबन्धक रामाज्ञा चतुर्वेदीलाई भ्रष्टाचार मुद्दामा डेढ करोड जरिवाना फैसला गरेको छ ।

प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको इजलासले १ करोड ३९ लाख रुपैयाँ जरिवाना र डेढ वर्ष कैद फैसला सुनाएको हो । पूर्व मन्त्री चिरञ्जीवी वाग्लेपछि सर्वोच्चले फैसला गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो ।