प्रतिपक्षी दलहरु काग्रेस र एमाले शान्ति प्रक्रिया र संविधान निमार्णका लागि प्रभावकारी भूमिका निर्वाह गर्न एकमत

प्रतिपक्षी दलहरु नेपाली काग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु शान्ति प्रक्रिया र संविधान निमार्णका लागि प्रभावकारी भूमिका निर्वाह गर्न एकमत भएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा भएको छलफलमा शान्ति प्रक्रियामा सरकार र सत्तापक्षीय दलहरुलाई समेत समेटेर शान्ति प्रक्रिया र संविधान निमार्ण अघि बढ्न दुई दल सहमत भएका हुन् ।

 

छलफलमा ४५ दिन भित्र शान्ति प्रक्रिया टुङ्ग्याउने प्रतिवद्धता गरेर बनेको माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईको सरकारले प्रभावकारी काम गर्न नसकेको निश्कर्ष निकाल्दै इमान्दार प्रतिपक्षको भूमिका निर्वाह गर्न शीर्ष नेताहरु एकमत भएका छन् ।

 

वैठककावारे जानकारी दिँदै कांग्रेस नेता अर्जुननरसिंह केसीले माओवादी शान्ति प्रक्रियामा इमान्दर बन्न नसकेका कारण प्रतिपक्ष दलहरुले शान्ति प्रक्रियाका लागि इमान्दार भूमिका भूमिका निर्वाह गर्ने सहमति भएको जानकारी दिए ।

 
शान्ति प्रक्रियाले पूर्णता नपाएसम्म संविधान निमार्णको औचित्य नभएको दुवै दलको ठहर छ । राज्य पुनर्संरचनाका सम्बन्धमा विज्ञहरुको टोली गठन गर्ने वारे कांग्रेसले जनाएको सहमति र प्रस्ताव वारे वैठकमा छलफल भएको थियो । राज्य पुनर्संरचना आयोग गठन गर्नुपर्ने अडान राख्दै आएको कांग्रेसले त्यसको विकल्पमा विज्ञहरुको टोली गठन गर्न सहमति जनाए पनि संवैधानिक व्यवस्था अनुरुप टोली गठन गर्नुपर्ने धारणा अगाडि सारेको छ ।

 

बैठकमा शान्ति र संविधानलाई टुंगोमा पु