काठमाडौं – यस वर्षको सर्वोत्कृष्ट निजामति सेवा पुरस्कारमा एसएलसी परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतम पुरस्कृत भएका छन् ।
परीक्षा नियन्त्रक गौतमलाई प्रधानमन्त्री बाबुराम भट्टराईले एक कार्यक्रमबीच पुरस्कृत गरे । गौतमले २ लाख रुपैयाँ नगद र कदरपत्र पाएका छन् ।
उनले आफ्नो कार्यकालमा समयमै एसएलसी नतिजा प्रकाशित गरेको, स्वदेशमै प्रश्नपत्र छपाएको, सक्कल प्रतिलिपि बाँडेकोलगायत कामको प्रसंशास्वरुप उक्त पुरस्कार प्रदान गरिएको हो ।
मुख्य सचिव माधवप्रसाद घिमिरे संयोजकत्वको छनोट समितिले गौतमसहित १० उत्कृष्ट र ३० जनालाई निजामति पुरस्कारको सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस अनुमोदन गरेको थियो ।
पूर्व मुख्य सचिव तीर्थमान शाक्यले आफैलाई सर्वोत्कृष्ट निजामति सेवा पुरस्कारबाट पुरस्कृत गर्न सिफारिस गरेपछि विवादित यो पुरस्कार ८ वर्षपछिमात्र प्रदान गरिएको हो ।
सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार
(पुरस्कारको राशी दुई लाख रुपैयाँ)
सूर्यप्रसाद गौतम, परीक्षा नियन्त्रक, एसएलसी
उत्कृष्ट निजामति पुरस्कार पाउनेहरु
(पुरस्कारको राशी एक-एक लाख रुपैयाँ)
रामशरण पुडासैनी, सहसचिव अर्थ
राजुमान मानन्धर, सिनियर डिभिजन ईन्जिनियर, भौतिक योजना
सरिता श्रेष्ठ, खरदार, महान्यायाधिवक्ताको कार्यालय
नेत्रबहादुर विश्वकर्मा, ईन्जिनियर, स्थानीय विकास
किशोरकुमार चौधरी, कार्यालय सहयोगी, सूचना तथा सञ्चार
झगरु चौधरी, सवारी चालक
ज्योतिप्रसाद अधिकारी, उपसचिव, प्रम कार्यालय
दयाराम बस्याला, नासु भूमिसुधार
राधाकुमारी शाह, कृषि मन्त्रलाय पशु सेवा प्राविधिक
लक्ष्मण विक्रम थापा, शाखा अधिकृत, सामान्य प्रशासन मन्त्रालय
निजामति पुरस्कार पाउनेहरु
(पुरस्कारको राशी ५०-५० हजार रुपैयाँ)
श्रीराम धिमाल
सुधीर नरसिंह राजभण्डारी
अरुणकुमार झा
विमलकुमार विष्ट
रामकुमार यादव
सूर्य बधना पण्डित
पूर्णप्रसाद अगस्ती
सुदेवकुमार पोखरेल
कृष्णमाया श्रेष्ठ
काले तामाङ
हरि विश्वकर्मा
जेतप्रसाद पाण्डे
अमृत सागर नापित
हरिप्रसाद भूसाल
कर्णबहादुर कट्टेल
प्रेम पौडेल
राजभाइ श्रेष्ठ
जीवकुमार पोखरेल
बुद्धलक्ष्मी श्रेष्ठ
धनप्रसाद शर्मा पौडेल
सूर्यप्रसाद आचार्य
प्रजा चलाउने
वासुदेश जोसी
ठेकु श्रेष्ठ
चन्द्रमान श्रेष्ठ
मजुमाया विश्वकर्मा
लालबहादुर सार्की
सावित्रा शाह
गिरिजा शर्मा
धिरानन्द यादव



