प्रतिपक्षी कांग्रेस र एमालेद्धारा शान्ति प्रक्रियाका निम्ति माओवादीले तत्काल कामहरु नथाले संविधान निर्माण कार्य अघि नबढ्ने चेतावनी

– प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको पछिल्लो अडानले एकीकृत माओवादीमाथि शान्ति प्रक्रिया अघि बढाउन थप दबाब दिनेछ।


प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले शान्ति प्रक्रिया टुङ्ग्याउनको निम्ति एकीकृत माओवादीले तत्काल कामहरु नथाले संविधान निर्माण कार्य अघि नबढ्ने चेतावनी दिएका छन्।

साझा धारणा बनाउन दुबै दलको शीर्ष नेताहरु सहभागी बिहिबारको वैठकमा उनीहरुले माओवादीले विगतका सम्झौताहरु पालना गर्नु पर्नेमा जोड दिएका छन्।


दोस्रो दिन चलेको प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेका वरिष्ठ नेताहरुको वैठकमा भएको सहमति अनपेक्षित थिएन।


दुबै प्रतिपक्षी दलहरुले डेढ महिना भित्र शान्ति प्रक्रियाका आधारभूत काम सिध्याउन माओवादीमाथि दबाब बढाउने निर्णय गरेका छन्।


दुई दलिय वैठकमा भएको सहमतिबारे एमाले नेता बामदेव गौतमले संवाददाताहरुलाई भने,