
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले ल्याएका राहत प्याकेजमा मधेशी दलका मन्त्रीहरुले परिमार्जनको सुझाव दिएपछि उक्त प्याकेकज बिहीबार सार्वजनिक हुन सकेन । सत्तारुढ अन्य दलहरुसंग सर सल्लाह नगरी राहत प्याकेज ल्याउन लागिएकोमा केही मन्त्रीहरुले आपत्ति जनाएका थिए ।
मधेशी दल र माओवादीबाट दुई दुई जना मन्त्री रहेको कार्यदलले राहत प्याकेजलाई अन्तिम रुप दिन गृह कार्यमा जुटेका छन् ।



