पाकिस्तानमा बाढीमा परी १ सय ७० जनाको मृत्यु भएको छ । बाढीबाट दक्षिणी पाकिस्तानको कयौं गाउँ डुबानमा पर्नुका साथै कयौं बेपत्ता भएका छन् ।
बाढीले पुर्याउन सक्ने क्षतीलाई ध्यानमा राखी पाकिस्तान सरकारले जनतालाई सुरक्षीत स्थानतर्फ जान अपिल गरेको छ ।
यसैबीच पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले मानबीय सहायताका लागि संयुक्त राष्ट्रसंघसंग अपील गर्नुभएको छ ।
पाकिस्तान सरकारको तर्फबाट बाढीपीडीत जनताका लागि अस्थायी बसोबासको ब्यबस्था गरेतापति सो अपुग भएको भन्दै सहायताका लागि अपील गरिएको पाकिस्तान सरकारले जनाएको छ ।