सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा भएको आतंकबादी हमलाको नयाँ अडियो टेप सार्वजनिक
भाद्र २३ गते, २०६८ मा प्रकाशित
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा भएको आतंकबादी हमलाको नयाँ अडियो टेप सार्वजनिक भएको छ । अडियो टेपमा अमेरिकी सैन्य अधिकारी र अन्य अधिकारीहरुको आवाज रहेको बुझिएको छ ।
अडियोमा बिमानमा सवार एक यात्रुले मदतका लागि आफना आफन्तलार्ई गुहारेको र सो घटनाका अभियुक्त मोहमद अताले बिमानामा सवार सबैजनालाई अपहरणमा परेको जानकारी दिदै चुपचाप यथास्थानमा बस्न चेतावनी दिएको र चेतावनी संगसंगै बिमान अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा ठोक्किएको आवाज पनि अडियोमा सुनिएको छ ।
हालै सार्वजनिक भएको अडियो टेप सेप्टेम्बर ११ को आतंकबादी हमलाको छानबीन आयोगका लागि तयार पारिएको हो ।