अमेरिकी राष्ट्रपति बाराक ओबामाद्धारा साढे चार अर्व डलरको रोजगार कार्यक्रम घोषणा

अमेरिकामा छाएको मन्दी र यसले रोजगारमा पारेको असर सम्बोधन गर्न अमेरिकी राष्ट्रपति बाराक ओबामाले कार्यक्रम घोषणा गर्नुभएको छ । अमेरिकी काँग्रेसको संयुक्त सभामा ओबामाले अमेरिकी मजदुर, प्राध्यापक र सेवा निवृत्त सैनिक क्षेत्रमा रहेको बेरोजगारी हटाउने बचन दिनुभयो । रोजगारीका लागि ल्याइएको योजना पारित गर्न अमेरिकी काँग्रेससँग ओबामाले आग्रह गर्नुभएको छ ।

 

अमेरिकी जब्स एक्ट नामक ओबामाको बेरोजगारसम्बन्धि योजनालाई बिबादास्पद नबनाउन पनि उहाँले बिपक्षी रिपब्लिकनलाई आग्रह गर्नुभएको छ । नयाँ योजनाका लागि साढे चार अर्व डलर खर्च लाग्ने भएकाले पारित गरिदिन अमेरिकी काँग्रेससँग उहाँको आग्रह छ । यस योजनामा अन्तराष्ट्रियस्तरको यातायात प्रणाली निर्माणका साथै ३५ हजार स्कूललाई आधुनिकीकरण गर्ने उल्लेख छ । रिपब्लिकन नेताहरुले भने ओबामाको आलोचना गरेका छन् ।

 

रोजगारीका लागि नभई ओबामाको प्रचारमा मात्र भाषण केन्द्रित रहेको भन्दै उनीहरुले आलोचना गरेका हुन् ।