काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदहरुमा छिट्टै नियुक्ति गरिने बताएका छन् ।
युवा अभियान र नेपाल युनाइटेड नामक संस्थाका प्रतिनिधिहरुसँग शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री डा भट्टराईले अख्तियारको पदाधिकारी नियुक्ति प्रक्रिया स्वस्थ्य र पारदर्शी हुनेमा पनि आश्वस्त पारे ।
प्रतिनिधिमण्डलमा अख्तियारका सचिव भगवतीप्रसाद काफ्ले, कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पत्रकार रवीन्द्र मिश्रलगायत विभिन्न युवा तथा विद्यार्थीको सहभागिता थियो । प्रतिनिधिमण्डलले