काठमाडौ – शान्ति र संविधानको लागि अन्तिम् अवसर रहेको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।
भट्टराईले नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुसंगको भेटका क्रममा आइतवार अझै पनि शान्ति र संविधानको टुङ्गो नलागे मुलुकलाई दुर्भाग्य हुने उल्लेख गरे ।
भट्टराईले प्रेस जगतलाई पनि बस्तुसंगत ढंगले अलोचना गरेर सघाउन पुर्याउन आग्रह गरे ।
उनले अभिब्यक्त स्तन्त्रतामा कुनै बन्देज लगाउन नहुने उल्लेख गर्दै आफु कुर्चीमा रहुञ्जेल त्यसका लागि इमान्दार प्रयास जारी राख्ने उल्लेख गरे ।
उनले भने, ‘पत्रकारहरु भौतिक, आर्थिक वा अन्य कुनै पनि अभिब्यक्ति स्वतन्त्रताको बन्देजबाट मुक्त हुनुपर्छ ।’ उनले केही प्रगति भएपनि पर्याप्तत नभएको उल्लेख गरे ।
यसअघि महासंघका अध्यक्ष शिव गाउँलेले पत्रकारहरुको भौतिक र पेशागत सुरक्षा हुन नसकेको कुरा उठाएका थिए । त्यसैगरी बजेट भाषणमा भनिए अनुसार महासंघको भवनको शिलान्यास गरिएको भएपनि बजेट पुस्तिकाबाट हटाएको भन्दै गुनासो गरेका थिए ।



