प्रधानमन्त्री भट्टराईले शान्ति र संविधान मुलुकको मुख्य कार्यभार भएकोले त्यसलाई पुरा गर्न सवै पक्षवाट सहयोगको अपेक्षा गरेको बताए । पत्रकारको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रधानन्त्रीको भनाइ थियो ।
सबै सञ्चार प्रतिष्ठानमा श्रमजिवि पत्रकार ऐन अनुसारको न्युनतम पारिश्रमिक लागु गराउन प्रतिवद्ध रहेको भन्दै उनले प्रस्तावित १० हजार रुपैयाँको न्युनतम पारिश्रमिक पनि कम हुने उल्लेख गरे ।
भट्टराईले आफ्ना कामको बष्तुनिष्ठ आलोचना गरेर सघाउन पनि संचार जगतसँग आग्रह गरे ।



