
नेपालमै जोडजाड गरिएको ‘मुस्ताङ म्याक्स’ गाडी चढेर मितव्ययिताको उदाहरण दिने प्रधानमन्त्री स्वयंले पार्टी कार्यक्रममा भाग लिँदा हेलिकप्टर प्रयोग गरेको विषयमा सभासदहरूले प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो प्रस्टीकरण दिएका हुन् ।
सिन्धुली र गोरखामा उनको दल माओवादीले आयोजना गरेको आमसभामा भाग लिन जाँदा प्रधानमन्त्री भट्टराई हेलिकप्टरमा सवार थिए । भट्टराईले भने, ‘पार्टी कार्यक्रममा जाँदाको हेलिकप्टर खर्च पार्टीले नै बेहोर्छ । नभए म व्यक्तिगत रूपमा खर्च गर्छु ।’ आफूले बाध्यतावश हेलिकप्टर प्रयोग गरेको उल्लेख गर्दै उनले त्यसका लागि राज्यकोष दुरुपयोग नगरेको दाबी गरे ।



