काँकडभिट्टा – संयुक्त जातीय मुक्ति मोर्चाले संगठनका संयोजक देवराज लामा (विश्व क्रान्ति) निशर्त रिहाई गरी दोश्रो चरणको वार्ता गर्न सरकारसंग माग गर्दै सोमवार पूर्वान्चल वन्द आव्हान गरेको छ ।
मोर्चाका केन्द्रीय अध्यक्ष दलमर्दन कामी (प्रभात) ले हस्ताक्षर गरेको पर्चामा मोर्चा र सरकारवीचको वार्ता तत्काल अगाडि वढाउन, किराँत जनवादी वर्कस पार्टीका विद्रोही विवशको अवस्था सार्वजनिक गर्न, पक्राउ परेका नेता तथा कार्यकर्ताहरुको रिहाई गर्नुपर्नेलगायतका ६ वटा माग राख्दै अरुण पूर्वका ९ जिल्ला वन्द आव्हान गरिएको हो ।
पूर्व जानकारी वेगर भएको वन्दका कारण सर्वसाधारणले सास्ती पाएका छन् । वन्दका कारण राजमार्गका चल्ने लामो तथा छोटो दरीका सवारी चल्न नसकेको प्रहरीको भनाई छ । वन्दप्रति किरात जनवादी वर्कस पार्टी र पल्लो किरातले ऐक्यवद्धता जनाएका छन् ।



