कांग्रेस सुशिल कोइरालाद्धारा एकीकृत माओवादी देशमा तानाशाही व्यवस्था लाद्ने सोचमा लागेको आरोप

२६ भदौ, मोरङ । कांग्रेस सभापति सुशिल कोइरालाले एकीकृत माओवादी देशमा तानाशाही व्यवस्था लाद्ने सोचमा लागेको आरोप लगाउनु भएको छ ।

प्रेस युनियन विराटनगरले गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले   माओवादी शान्ति प्रक्रिया टुङगोमा पुर्‍याउने पIfमा नरहेको र संविधान निर्माण गरेर आफ्नो नेतृत्वमा चुनाव गर्ने तयारीमा लागेका आरोप लगाउनुभयो ।

हतियारको भरमा जनतालाई थर्काएर राजनीति गर्दै आएको माओवादी शान्ति प्रक्रिया भन्दा पहिला संविधान लेखेर चुनावमा जाने अनि तिनै हतियार प्रयोग गरेर बहुमत ल्याउने रणनीतिमा लागेको सभापति कोइरालाको आरोप थियो ।

कोइरालाले प्रचण्ड भाषणमा कांग्रेसभन्दा पनि प्रजातन्त्रवादी देखिने तर  व्यवहारमा निरंकुश भएको आरोप लगाउनुभयो । उहाले कब्जामा रहेको जनताको सम्पति फिर्ता र वाईसिएल संरचना भङ्ग नगरेसम्म माओवादीलाई विश्वास गर्न नसकिने बताउनुभयो।