काठमाडौं – नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रकृयाको प्रगतिबारे नेपालस्थित युरोपेली संघका प्रतिनिधिहरुले प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटी जिज्ञासा राखेका छन्। भट्टराई प्रधान मन्त्री नियुक्त भएपछि संघका प्रतिनिधिहरुले भेट गरेको यो पहिलो हो।
‘शान्ति प्रकृया र संविधान लेखनको प्रगतिबारे जानकारी लियौं,’ नेपालका लागि डेनमार्कका राजदूत मोर्टर जेफर्सनले भने।
उनका अनुसार लडाकु समायोजन र पुनर्स्थापना प्याकेजका विषयमा पनि प्रधान मन्त्रीसँग छलफल भएको छ। प्रधानमन्त्रीलाई उनीहरुले नेपाललाई दिँदै आएको सहयोग जारी रहने प्रतिवद्धतासमेत दोहर्याएका थिए। भेटमा डेनमार्कसहित, फिनल्यान्ड, स्विटजरल्यान्ड, बेलायतलगत मुलुकका राजदूतहरु सहभागी थिए।