काठमाडौ – प्राप्त समाचार अनुसार नेकपा मालेबाट विभाजित बनेर गठन भएको नेकपा माले समाजवादीले आफ्ना दुई सभासदको पद रिक्त भएको सुचना मंगलबार संसद सचिवालयमा दर्ता गराएको छ ।
समाचार अनुसार माले समाजवादीले पार्टी हित विपरित कार्य गरेको भन्दै यसअघिनै केन्द्रीय कमिटिको बैठकबाट निस्कासन गरिसकेका सभासदद्धय यदुवंश झा र तिलकबहादुर थापा मगरको पद रिक्त भएको सूचना संसद सचिवालयमा दर्ता गराएको अध्यक्ष विष्णु अर्यालले जानकारी दिए ।



