ईलाममा माओवादी सीपी गजुरेल चढेको गाडीको साँचो संस्थापन पक्षका कार्यकर्ताहरुले नै खोसे


 

ईलाम – ईलाममा एकीकृत माओवादीका सचिव सीपी गजुरेल चढेको गाडीको साँचो माओवादी कार्यकर्ताहरुले नै खोसेका छन् ।

 

लडाकुका हतियार राखेका कन्टेनरको साँचो हस्तान्तरणपछि पार्टी संस्थापन पक्षसंग असन्तुष्ट बनेको वैद्य पक्षका नेता गजुरेल आफ्नो पक्षका कार्यकर्तासंग भेट गर्न ईलाम पुगेका थिए।

 

तर अर्को पक्षका माओवादी कार्यकर्ताहरुले ईलाम बजारमा गजुरेल चढेको गाडीको साँचो खोसेका हुन ।

 

त्यसपछि उनीहरुले गजुरेललाई ईलामममा बैठक गर्न पनि नदिएको बताइएको छ । गाडीको साँचो जिल्ला तहका नेताहरुले नै राखेका छन् । माओवादी लडाकु शिविरको बा ०००१ अ २४ नम्बरको गाडी चढेर गजुरेल इलाम गएका थिए।