उदयपुर – उदयपुर स्थित सप्तकोशी नदीको चतरा घाटबाट बाराहाक्षेत्र जादै गरेको बोट (डुङ्गा) डुब्दा मा मंगलबार साँझ नदिमा डुब्दा चालक दलका सदस्य सहित बेपत्ता भएका सबै ७ जनाको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ।
उदयपुर र सुनसरीको सिमाना भएर बग्ने नदीको चतरा घाटबाट सुनसरीको बराहाक्षेत्र जाँदै गरेको बोट (डुङ्गा) मंगलबार साँझ साढे ६ बजे बराहा क्षेत्र गाविसको छहरे भन्ने स्थानमा डुव्दा चालक दलका सदस्य सहित ७ बेपत्ता भएका प्रहरीले जनाएको थियो।
चालक दलका सदस्य सहित ८ जना लिएर चतराबाट बाराहाक्षेत्र जाँदै गरेको सुम्नीमा यातायातको बोट (डुङ्गा) नदीमा डुव्दा सात जना बेपत्ता भएको इलाक प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक रामकुमार बस्नतेले वताए ।
बोट (डुङ्गा) मा सवार २७ बर्षीय गंगाबहादुर राई पौडेर बाँच्न सफल भएको प्रहरी निरीक्षक बस्नेतले वताए । उनले भने