कांग्रेस सुशिल कोइरालाद्धारा माओवादीलाई हठ त्यागेर शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउनु आग्रह

नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले माओवादीलाई हठ त्यागेर शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउनु आग्रह गरेका छन। नेपाल ठाकुर समाजले मंगलबार राजधानीमा वीपी कोइरालाको ९८ औ जन्मदिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उनले काग्रेसले कुनै पनि हालतमा बहुलबादमा सम्झौता नगर्ने स्पष्ट पारे ।


उनले माओवादीले चाहेको नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला पनि शान्ति प्रक्रिया अगाडि बढाउन माओवादी ईच्छुक नदेखिएको भन्दै तत्काल हतियार बुझाउने, कब्जा सम्पत्ति फिर्ता गर्ने र वाईसीएलको अर्ध सैनिक संरचनाको अन्त्य गरेर विश्वासको बातावरण बनाउन सुझाव दिए। 
 
कोइरालाले स्वर्गिय गिरिजाप्रसाद कोइरालाले जुन लचकताका साथ माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पहल गर्नुभयो त्यस्तै लचकता माओवादीले शान्ति प्रक्रियालाई अगाडि बढाउन देखाउनु पर्छ भने । कार्यक्रममा काग्रेसका केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले शान्ति प्रक्रिया र संविधान निर्माणप्रति माओवादी ईमान्दार नभएको आरोप लगाए।