– एकीकृत माओवादी र प्रतिपक्षी दलहरुबीच पूर्व लडाकू समायोजनबारे सहमति हुन नसक्दा शान्ति र संविधान निर्माण प्रक्रिया अवरुद्ध हुने क्रम जारी छ।
शान्ति प्रक्रिया अघि बढाउनको निम्ति माओवादी पूर्व लडाकूहरुको पुन:वर्गीकरण थाल्ने एकीकृत माओवादीको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्वीकार गरिदिएको छ।
बुधबार ती दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलमा नेपाली कांग्रेसले पहिले समायोजनको खाका र मापदण्डका विषयमा सहमति हुनु पर्नेमा जोड दिएको थियो।
दुबै पक्षबीच सहमति हुन नसक्दा शान्ति र संविधान निर्माण कार्य अवरुद्ध हुने क्रम जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको माओवादी र कांग्रेसका शीर्ष नेताहरुको वैठक गतिरोध टुङ्ग्याउने एउटा अवसर थियो।
तर नेपाली कांग्रेसले समायोजनको खाका, मापदण्ड, तह लगायतका विषयमा सहमति भएपछि मात्रै पुन:वर्गीकरणमा सहमति हुन सक्ने अडान राखेपछि बैठक निष्कर्षविहीन हुन पुग्यो।
सो बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रामशरण महतले संवाददाताहरुलाई भने,