एमाले बामदेव गौतमद्धारा माओवादी र कांग्रेसका कारण शान्ति प्रक्रिया र संविधानको काम अगाडि बढ्न नसकेको आरोप

एमाले उपाध्यक्ष बामदेव गौतमले माओवादी र कांग्रेसका कारण शान्ति प्रक्रिया र संविधानको काम अगाडि बढ्न नसकेको आरोप लगाउनु भएको छ ।

 

युवा किसान संघ नेपालको प्रथम राष्ट्रिय भेलाको आज राजधानीमा उद्घाटन गर्दै उहाँले एमालेलाई बाहिर राखेर शान्ति प्रक्रिया अगाडि बढ्न सक्दैन भन्नुभयो । मुलुकमा हत्या, हिंसा र आतंक बढेको भन्दै गौतमले सुरक्षाको प्रत्याभुति नभए सम्म आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक बिकास हुन नसक्ने बताउनुभयो ।

 

रोजगारीका लागि युवाहरु खाडी मुलुकमा पलायन भएको भन्दै गौतमले कृषि क्षेत्रमा युवा सहभागिताका लागि कृषि नीति बन्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा कृषि विद्हरुले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।