सत्ताधारी दल माओवादी सचिव सीपी गजुरेलद्धारा बाबुराम भट्टराई नेतृत्वको सरकार भारतकै चलखेलमा बनेको आरोप (पार्टी फुटाउने गजुरेलको चेतावनी)


 

” एकीकृत माओवादीका सचिव एवं पूर्वाञ्चल ब्युरो इञ्चार्ज सिपि गजुरेलले आफ्नो विचार समुहमा छलफल, प्रशिक्षण कार्यक्रम गर्दा अर्को पक्षबाट शत्रुतापूर्ण व्यवहार भइरहे पार्टी फुट्नसक्ने चेतावनी दिएका छन्। वैद्य पक्षधरका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएपछि धरानमा पत्रकार सम्मेलनमा उनले यस्तो चेतावनी दिएका हुन्। फरक विचार समुहले छलफल, वहस गदैमा अर्को पक्षले भौतिक आक्रमणमा उत्रने प्रवृत्ति जारी भए पार्टी फुट्ने उनको भनाई थियो।