प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले शान्ति र संविधान निमार्णको कार्यभार पुरा गर्ने नसके आफुले तत्कालै पद त्याग गर्ने बताएका छन।
भट्टराईले शान्ति र संविधानको काममा सरकारलाई दलहरुको सहयोग प्राप्त नभए आफुले पद ओगटेर नबस्ने स्पष्ट पारे । प्रधानमन्त्री निवास बालुवाटारमा टेलिभिजन ईडिटर गिल्डसंग सम्पादकहरुसंगको भेटमा उनले शान्ति र संविधान निमार्णको काममा बिपक्षी बनेर बाधा खडा नगर्न राजनीतिक दलसंग आग्रह गरे ।
भट्टराईले शान्ति र संविधान निमार्ण प्रक्रिया संगसगै अगाडि बढ्ने भन्दै आफ्नो नेतृत्वको सरकारले शान्ति प्रक्रिया अगाडि बढाउन नसके कसैले पनि त्यो काम गर्न नसक्ने ठोकुवा गर्नुभयो । अहिले सबै मुद्धाका अभियोगकर्तालाई सरकारले आममाफि दिने भनी बाहिर हल्ला चलाएको भन्दै भट्टराईले राजनीतिक मुद्धालाई मात्र सरकारले आममाफी दिने बताए ।
पत्रकाहरुले सोधेको एक प्रश्नमा भट्टराईले अहिले बिपक्षी दलहरुले हलो अड्काएर गोरु चुट्ने रणनीति अपनाएको सरकारलाई असफल बनाउनमा उनीहरु लागेको आरोप लगाए ।
प्रधानमन्त्री भट्टराईले लडाकुको संख्या, मोडालिटिको बारेमा दलहरुसंग छलफल भइरहेको भन्दै प्याकेजमा सहमति गर्न नसकिने स्पष्ट पारे । भेटमा टेलिभिजनसंग आबद्ध बिभिन्न सञ्चारमाध्यमका प्रमुखहरुले प्रधानमन्त्री भट्टराईलाई शुभकामना दिएका थिए।