बाल मजदुरको पिडा: बाल दिवसमा पनि काममा

– कृष्ण खनाल

 
बुटवल २९ भदौ । भर्खर मात्र उमेरले १५ बर्षमा लागेका बुटवल -४ का धर्मेन्द्र चौधरी बुटवलको नया बस पार्कबाट रिक्सामा ३ जना यात्रु लिएर गोलपार्क तर्फ जादै थिए ।


एक हातले रिक्साको ह्यान्डील र अर्को हातले पसिना पुछ्दै यात्रुलाई गन्तव्य तर्फ जादै थिए । गएको एक बर्ष यता रिक्सा भाडामा लिएर रिक्सा चलाउदै आएका उनी परिवारमा आर्थिक अभाव भए पछी विद्यालय जान नै पनि पाएन्न । घरमा एक जना दिदी आमा र आफु मात्रै भएका धर्मेन्द्र बुटवल ४ मा बसोवास गर्दे आएका छन ।  

 
विभिन्न संघ संस्थाहरुले ठुल- ठुला भाषण गर्दे वाल दिवस मनाई रहदा उनी भने बुटवलको गर्मिमा पेट पाल्नकोलागि रिक्सा संर्घष गर्दे थिए । सरकारले वाल दिवस मनाई रहदा आफुलाई बाल दिवसको बारेमा केहि थाहा नभएको बताउदै उनले भने -ुमलाई वाल दिवसको वारेमा केहि थाहा छैन । अहिले सम्म कसैले पनी कुनै पनी सहयोग नगरेको बताउने उनले कहिलेकाही रिक्समा चढेका यात्रुहरुले नै आफुलाई पैसा न नदिई जाने गरेको दुखेसो पोखे ।

 

उनी त एक उदहारणमात्र हुन । उनी जस्तै बल्ल १५ बर्षमा लागेका बुटवलको कान्ति उच्च मावि बुटवल – ६ हाटबजारमा कक्षा ७ मा पढ्दै आएका देव चौधरीले बुटवलको नया बर्षपार्क अगाडी उखुको जुस बेच्दै थिए ।


विद्यालय नभएको समयमा दाजु र बुबा संग उखुको जुस बनाएर बेच्ने गरेका उनी बाल दिवसको दिन विद्यालयमा विदा भएको कारण दिनभर नै उखुको जुस बेच्ने गरेको बताए । बाल दिवस भएको कारण विद्यालय छुट्टी भएकोले काममा आएकोुउनले भने ।


देव र धमेन्द्र  वाल मजदुहरु उदहरण मात्र हुन उनी जस्ता  हजारौ वाल मजदुरहरु कम पैसामा काम गरिरहेका छन । सरकारले ुहामी सबैको सरोकार  शान्ती संबिधान र सुनिश्चत बाल अधिकार  भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाई रहदा यातायात  होटल  ईट्टाभट्टी  कल कारखाना तथा घरेलु कामदारको रुपमा काम गर्न वाध्य छन ।


नेपालले आजभन्दा ठीक १९ बर्ष अगाडी बालअधिकार महासन्धीमा हस्ताक्षण गरेको थियो । बालअधिकार महासन्धीमा हस्ताक्षण गरेका मुलुकहरुले बालबालिकालाई खान बस्न पढ्न लेख्न खेल्न दिनु पर्ने प्रावधान राखिएको छ ।

 
केन्द्रिय  तथ्यांक विभागका अनुसार नेपालमा ३४ प्रतिशत बालबालिका श्रमिकका  रुपमा काम गर्दै आएका छन् । भने नेपालमा कुल जनसंख्याको ४६ प्रतिशत बालबालिका रहेका छन ।

 

बालअधिकार महासन्धीमा नेपालले हस्ताक्षण गरेको दिन पारेर पाँच बर्ष र अगाडी देखि प्रत्येक बर्षको भदौ २९ गते राष्ट्रिय  बाल दिवस मनाउन थालिएको हो ।

 
नेपालले आजभन्दा २०  बर्ष र अगाडी बालअधिकार महासन्धीमा हस्तक्षण र गरेको थियो ।