शान्ति र संविधानबाट भागेर जाने अर्को ठाउँ नरहेको उल्लेख गर्दै सभापति कोइरालाले भने,-‘ठूला विल्डीङ बनाईसके । जलविद्युत, होटल र मेडिकल कलेजमा लगानी गरिसके । त्यो सबै छाडेर कहाँ जान्छन ।’
माओवादीकै नेतृत्वमा सरकार बनेकाले लडाकुका हतियारहरु तत्काल बुझाएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन उनले आग्रह गरे । हतियार र लडाकु टुंगो नलागे जतिसुकै राम्रो संविधान बने पनि संरक्षण नहुने भएकाले काँग्रेसले शान्ति प्रक्रियालाई प्राथमिकतामा राखेको कोइरालाले बताएका छन् ।
बहुलबाद लोकतन्त्रको मुटु भएको बताउँदै उनले भने,-‘माओवादीले भनेजस्तो बहुलियता स्वीकार्य छैन । चिन, उत्तर कोरिया र क्युवामा पनि त्यस्तो बहुलियता छ ।’ माओवादीले सयथरी कुरा राखेर अल्मल्याउन खोजेको कोइरालाको आरोप छ । हतियार सरकारलाई बुझाए संविधान निर्माणमा विश्वासको वातावरण बन्ने उनले बताए ।
कोइरालाले माओवादी लडाकू र हतियार ब्यबस्थापन पछि मात्र संबिधान निर्माण प्रकृयालाई अघि बढाउन पर्ने बताए । नेपालगन्जमा शुक्रबार आफनै निबासमा सभापति कोईरालाले पत्रकार संग कुरा गर्दै नेपाली कांग्रेसको यस्तो धारण दोहोराएका हुन् ।
‘जव सम्म लडाकु समायोज हुँदैन र हतियारको टुङगो लाग्दैन संबिधान निर्माण प्रकृया अघि बढाउन हदैन,’ कागेस सभापति कोईरालाले भने,’ किनकी हतियार र लडाकु ब्यबस्थापन नगरी बनाएको संबिधानको रक्षा हुन सक्दैन ।’
सभापति कोईरालाले माओवादीको भनाई र गराई फरक फरक देखिदै आएकाले बिश्वास गर्ने अधार नभएको टिप्पणी गर्नू भयो । शान्ति प्रकृयामा माओवादीलाई मुखले हैन ब्यबहारले लचिलो देखाउन आग्रह गर्दै कोईरालाले भने,’ प्रधानमन्त्रि बाबुराम भट्टराई कब्जा जमिन फिर्ता गर्न भन्नु हुन्छ । कार्यकर्ता आदेश मान्दैनौ भन्दै कब्जा गदै हिडछन् ।’
कब्जा जमिन फिर्ता गर्ने सम्बन्धमा माओवादीले पार्टीको केन्द्रीय कमिटीबाट सस्थागत निर्णय गरी जमिन फिर्ता घोषणा गरी बिश्वासको आधार बनाउनु पर्ने कोईरालाको आग्रह थियो । ‘ परिबर्तन चाहेको हो भने यस्तो गर्न सक्नु पर्छ’ उनले भने ।
राज्यको शासकिय स्वारुप कस्तो हुने ? भन्ने सम्बन्धमा राज्य पुर्नसंरचना आयोग गठन गरी निर्णयामा पुग्नु पर्ने काग्रेसको धारण रहेको जानकारी उनले दिए । ‘बिज्ञ सहितको आयोग गठन गरेर आएको प्रतिबेदनका आधारमा राज्य पुनर्संरचाना गरिनु पर्छ’ उनले भने ।



