एकीकृत माओवादी अध्यक्ष प्रचण्डका पिता मुक्तिराम दाहाल जीवनमरणको दोसाँधमा

एकीकृत माओवादी अध्यक्ष प्रचण्डका पिता मुक्तिराम दाहाल जीवनमरणको दोसाँधमा छट्पटाई रहेका छन् ।


सिकिस्त बिरामी ८५ वर्षीय दाहालको २० दिनदेखि माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ । यसअघि १५ दिनसम्म दाहालको उपचार बालाजुस्थित जनमैत्री अस्पतालमा गरिएको थियो । आजको अन्नपूर्ण पोष्टमा छापिएको समाचारमा लेखिएको छ, पिसाबमा समस्या देखिएपछि दाहाललाई अस्पताल भर्ना गरिएको थियो । टाउकोमा जमेको पानी निकाल्न तनि दिनसम्म शल्यक्रिया गरिएपछि पिसाबमा समस्या देखिएको उनका नाति प्रकाश दाहालले बताए ।