राष्ट्रपति डा. रावरण यादव र प्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
यादव र भट्टराईबीच राष्ट्रपति भवन शीतल निवासमा जारी छलफलमा प्रधानमन्त्रीले मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्तिप्रक्रिया र संविधान निर्माणमा भइरहेका प्रगति, सरकारको कामकारबाही र आफ्नो आसन्न अमेरिका भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको ६६औँ महासभामा भाग लिन भट्टराई आगामी २ असोजमा १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम छ । गत ११ भदौमा व्यवस्थापिका संसदबाट प्रधानमन्त्री निर्वाचित भएपछि भट्टराईले राष्ट्रपतिसँग छुट्टै भेट गर्नुभएको यो पहिलोपटक हो ।



