भ्रातृ संगठन विघटनको प्रस्ताव देउवा पक्षद्धारा अस्वीकार गर्ने

नेपाली कांग्रेसको देउवा पक्षले चारबटा भ्रातृ संगठन विघटन गर्ने प्रस्ताव अस्वीकार गर्ने भएको छ । केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न वरिष्ठ नेता शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पक्षको शनिबार भएको भेलाले भ्रातृ संगठन विघटन गर्ने प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो ।
संस्थापन पक्षले भ्रातृ संगठन विघटनको निर्णय गराउन खोजे केन्द्रीय समिति बैठक नै बहिस्कार देउवा पक्षले निर्णय गरेको छ । भ्रातृ संगठन विघटनको प्रस्ताव सभापति सुशील कोइराला र वरिष्ठ नेता देउवाबीच भएको सहमति विपिरत भएको उनीहरुको भनाई छ ।