एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन माओवादी अझै लचिलो हुन तयार रहेको बताउनु भएको छ ।
ज्यापु समाजले शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले ठूलो र जिम्मेबार दलको हैसियतले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन थप त्याग गर्न तयार रहेको बताउनु भयो । शान्ति र संविधान निर्माणका लागि दलहरु मिल्नुको विकल्प नभएको भन्दै उहाँले अन्य दल सहमति नआए माओवादी एक्लैले भएपनि शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउनु बताउनु भयो ।