सधैं विवाद र बहसको केन्द्रबिन्दूमा रहने साझा प्रकाशनमा यतिबेला नयाँ विवादले उग्र रुप लिएको छ । साझा प्रकाशनको संस्थागत सुधार हुनुपर्ने माग गर्दै त्यहाँका सञ्चालक मध्येका एक नयनराज पाण्डे आन्दोलनमा उत्रेपछि अर्को विवाद जन्माएको हो ।
पहिले साझा प्रकाशनको प्राङ्गण, त्यसपछि माइतीघर र अनि रत्नपार्क पुगेर अनसन बसेका पाण्डेलाई गएको २८ गते प्रधानमन्त्रीको पहलमा अनसन तोडाइयो । प्रधानमन्त्रीको हातबाट जुस खाएर र्फकन नभ्याउँदै उनी बिरुद्ध साझाकै कर्मचारीहरु प्रदर्शनमा उत्रेका छन् । साझा प्रकाशनको गेटमा