संयुक्त राष्ट्रसंघको ६६औं महासभामा भाग लिन नेपाली टोलीको नेतृत्व गर्दे प्रधामन्त्री डा.बाबुराम भट्टराई आज अमेरिका जादै

१ असोज, काठमाडौँ – संयुक्त राष्ट्रसंघको ६६औं महासभामा भाग लिन नेपाली टोलीको नेतृत्व गर्दे प्रधामन्त्री डा.बाबुराम भट्टराई आज अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ ।
टोली राति साढे ११ बजे न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ । टोलीमा भट्टराई पत्नी हिसिला यमी, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव गंगा श्रेष्ठ, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव दुर्गा भट्टराईलगायत १३ सदस्य रहेको प्रध्ानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री भट्टराईले राष्ट्रसंघ महासभालाई आगामी ७ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसका अलावा उहाँले संयुक्त राष्ट्रसंघीय महासचिव बान की कुन, अमेरिकी राष्ट्रपति बाराक ओवामा, चिनियाँ राष्ट्रपति हु जिन्ता ओ, भारतीय प्रभधानमन्त्री मनमोहन सिंहलगायत विश्वका अन्य सरकार राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग समेत अनौपचारिक भेटघाट गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भएपछि यो नै पहिलो औपचारिक विदेश भ्रमण हो।