व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा विभिन्न अध्ययन उपसमितिमा रहने सदस्यहरुबारे विवाद भएको छ । विवादका कारण बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
समितिमा छलफल नै नगरी मनोमानी ढंगले उपसमितिमा बस्ने सदस्यहरुको नाम प्रस्ताव गरिएको भन्दै धेरैजसो सभाषदले आपत्ति जनाएपछि विवाद भएको हो । सचिवालय र केही नेताले आफुखुशी प्रस्ताव ल्याएर आफूहरुको क्षमता माथि प्रश्न उठाउँदै अवमूल्यन गरेको सभाषद्हरुको भनाई छ ।