कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा प्रहरीले मधेसी जनाधिकार फोरमका सभासद् शिवपुजन राय यादवलाई सोमबार साँझ पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले राजधानीको ताहाचलबाट यादवलाई पक्राउ गरेको हो । सभासद्ले पाउने कुटनीतिक राहदानी अर्को ब्यक्तिलाई दिएर दुरुपयोग गरेको प्रमाण फेला परेपछि यादवलाई प्रहरीले तीन महिनादेखि खोजी गरिरहेको थियो । प्रहरीले खोजी गरेसँगै यादव फरार थिए ।
सर्लाही क्षेत्र न ६ बाट प्रत्यक्ष निर्वाचित यादवको कुटनीतिक राहदानीमा म्याग्दी घर भएका केदार पौडेल अष्ट्रेलिया पुगेको प्रहरीले पत्ता लगाएको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पौडेलले यादवलाई राहदानी फिर्ता दिइसकेका छन् ।
यादवलाई महानगरिय प्रहरीको थुनावा कक्षमा राखिएको आजका सवैजसो दैनिक पत्रिकाहरुले छापेका छन् ।